कांग्रेस अधिवेशन : तेह्रथुम सभापतिमा तुम्बाहाम्फे र ढुंगाना भिड्ने-Sutra News

कांग्रेस अधिवेशन : तेह्रथुम सभापतिमा तुम्बाहाम्फे र ढुंगाना भिड्ने

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा जिल्ला अधिवेशन र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेका नेताहरू भोट माग्न थालेका छन् । उम्मेदवारहरूले जिल्लाको पालिकाहरूमा भेटघाट र भोट माग्ने कामलाई तीव्रता दिँदै आएका छन् ।



शुक्रबार हुने निर्वाचन क्षेत्र प्रदेशसभा र ६ मंसिरमा  हुने जिल्ला अधिवेशनको लागि उम्मेदवारहरू आआफ्नो तयारीले जुटिरहेका छन् । उम्मेदवारले आफ्नो नेतृत्वलाई विजयी गराउन फोन, म्यासेज र सामाजिक सञ्जाल मार्फत आग्रह गर्दै आएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा आउने सोमबार हुने जिल्ला अधिवेशनका लागि सभापतिका लागि अर्जुन तुम्बाहाम्फे र कमल ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै ३ मंसिर शुक्रबार हुने निर्वाचन क्षेत्र प्रदेश सभा ९क० मा नारायण सुब्बा र कमल बाँनियाँले आफ्नो उम्मेदवारी सार्वजानिक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट