न्यायालय विवाद- बारले गुहार्यो अन्तर्राष्ट्रिय समुदाय-Sutra News

न्यायालय विवाद- बारले गुहार्यो अन्तर्राष्ट्रिय समुदाय

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

काठमाडौँ । नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा भएको प्रहरी हस्तक्षेपलाई लिएर अन्तर्राष्ट्रिय समुदाय गुहारेको छ ।



बिहीवार अदालतमा धर्नामा बसेका बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्तालगायतका केही कानून व्यवसायीहरू प्रहरीको हस्तक्षेपमा परेर घाइते भएपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै बारले निष्पक्ष छानबिनका लागि आग्रह गरेको हो ।

बारका उपाध्यक्ष ईश्वरी भट्टराईले आकस्मिक पत्रकार सम्मेलन गर्दै यस्तो आग्रह गरेका हुन् ।

बारले अदालत प्रशासनले दंगा प्रहरीद्वारा बर्बरतापूर्वक आक्रमण युद्धको बेला प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर युद्ध मैदान बनाउन अनुमति  दिएको आरोप लगाएको छ ।

यस्तै बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आन्सोलन नरोकिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट