थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु-Sutra News

थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

नेपालमा बिहीबार थप २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको ८ हजार ८ सय ६३ पिसिआर परिक्षणका क्रममा २ सय ७२ जना र ३ हजार २ सय ८८ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख १३ हजार ५ सय ५७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ६० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९९ हजार १ सय ७६ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट