राष्ट्रिय जनगणना- मातृभाषालाई अर्कै भाषा लेख्न खोज्ने एक कर्मचारी पदमुक्त-Sutra News

राष्ट्रिय जनगणना- मातृभाषालाई अर्कै भाषा लेख्न खोज्ने एक कर्मचारी पदमुक्त

बिहिबार, २ मंसिर २०७८

बिहिबार, २ मंसिर २०७८

सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त भएका छन्।



आचार संहिताविपरीत क्रियाकलाप गरेको भन्दै सुपरीवेक्षक पदमा खटिएका मनोजकुमार मेहतालाई पदमुक्त गरेको राष्ट्रिय जनगणना कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयका जनगणना अधिकारी सञ्जय कुमार चौधरीले सुपरिवेक्षक मेहताले आचार संहिताविपरीत कार्य गरेको पाइएकोले पदमुक्त गरेको बताए ।

मेहतामाथि मैथिली मातृभाषा रहेका स्थानीयलाई अर्कै भाषा लेखाउन प्रेरित गरेको आरोप छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट