कानून व्यवसायीलाई सर्वोच्च छिर्न प्रहरीले लगायो रोक, गेटमै घम्साघम्सी-Sutra News

कानून व्यवसायीलाई सर्वोच्च छिर्न प्रहरीले लगायो रोक, गेटमै घम्साघम्सी

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

शुक्रवार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसियसनका कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बारका कानून व्यवसायीहरू धर्नामा बस्न खोजेपछि प्रहरीले तितरबितर गर्ने प्रयास जारी राखेको छ ।

यसअघि नियमित रूपमा धर्नामा बसेका कानून व्यवसायीलाई प्रहरीले आज सर्वोच्च परिसरमा जान दिएको छैन । कानून व्यवसायी धर्ना बस्न भित्र जान खोजेको भएपनि प्रहरीले उनीहरूलाई रोकिरहेको छ ।

बिहीवार कानून व्यवसायी र प्रहरीबीच भएको झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित आधा दर्जन कानून व्यवसायी घाइते भएका थिए । बारले विज्ञप्ति निकालेर यसको भर्त्सना गरेको छ ।

बारले शुक्रवारसम्म जबराको राजीनामा नआए आन्दोलनका थप कार्यक्रमहरू गर्ने चेतावनी दिइरहेको छ । तर जबरा भने टसको मस देखिन्नन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट