सर्वोच्च अदालतमा वकिलको धर्नामा प्रहरीको घेरा-Sutra News

सर्वोच्च अदालतमा वकिलको धर्नामा प्रहरीको घेरा

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।



तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनलाई सर्वोच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला शुक्रबारबाट ती न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने जबराले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किने भएका हुन् । तर, बारले भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ ।

यता प्रधानन्यायाधीश जबराले आफूबाहेकका १० इजलास तोकेका छन् । आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको पेसी चढाएका छन् । तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट