अदालतभित्रै पुगेर प्रहरीले न्यायाधीशमाथि बन्दुक तेर्साए, न्यायाधीश डराएर भाग्न खोजे-Sutra News

अदालतभित्रै पुगेर प्रहरीले न्यायाधीशमाथि बन्दुक तेर्साए, न्यायाधीश डराएर भाग्न खोजे

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एकजना न्यायाधीशलाई निर्धात कुटेका छन्। मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले न्यायाधीशलाई कुटेका हुन्।



बिहीबार दिउँसो दुईजना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए। आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएका थिए। सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाइ गरिरहेका थिए।

पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ। अदालतमा भएको घटनाबाट उनी बिक्षिप्त भएको बताइएको छ। प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरुलाई पनि कुटेका थिए।

अदालतले सो घटनालाई अप्रत्याशित भन्दै त्यसबारे छानबिन गर्न सरकारसँग माग गरेको छ। आक्रमणपछि प्रहरी अधिकारीहरु मुछिएको भनिएको मुद्दाको सुनुवाइ स्थगित भएको छ। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट