रामदेवलाई प्रधानमन्त्रीले भने- म जग्गाको व्यवस्था मिलाउँछु, नेपाल आइरहनुहोला-Sutra News

रामदेवलाई प्रधानमन्त्रीले भने- म जग्गाको व्यवस्था मिलाउँछु, नेपाल आइरहनुहोला

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बताएका छन् ।



काठमाडौँमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने जानकारी दिए ।

‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने ।

योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट