प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको कार्यक्रम हुँदै-Sutra News

प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको कार्यक्रम हुँदै

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहट जाने भएका छन् । उनी कटहरियामा हुने आमसभालाई सम्बोधन गर्न सोही ठाउँमा पुग्ने भएका हुन् । कात्तिक २९ मा तय भएको कार्यक्रम प्रचण्डको अस्वस्थताका कारण सरेको थियो ।



रौतहट पूर्वमाओवादी नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । उनी केही समयअगाडी माओवादी त्याग गरेर केपी शर्मा ओली नेतृत्वको पार्टी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

पूर्वमाओवादी सांसद साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रवाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुने बताइएको छ ।

प्रचण्ड र साहको सम्बन्ध राम्रो छैन । प्रभु साहको निर्वाचन क्षेत्रमा हुने प्रचण्डको कार्यक्रमलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट