टेलिकममा खुल्यो धेरै संख्यामा जागिर, यसरी दिनुहोस् अनलाइन आवेदन-Sutra News

टेलिकममा खुल्यो धेरै संख्यामा जागिर, यसरी दिनुहोस् अनलाइन आवेदन

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले २७० जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा जागिर खुलाएको हो ।



कम्पनीले शुक्रबार प्रकाशन गरेको दरखास्त आह्वान सम्बन्धी सूचना अनुसार उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी पाँच जना मागिएको छ । त्यस्तै वरिष्ठ टेलिकम इन्जिनियर दुई जना, वरिष्ठ लेखा अधिकृत चार जना, वरिष्ठ प्रशासकीय अधिकृत दुई जनाका लागि समेत कम्पनीमा जागिर खुलेको छ ।

यसैगरी वरिष्ठ व्यापार अधिकृतमा एक जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटर/इलेक्ट्रिकल) ३२ जना र सिभिल इन्जिनियर नौ जना मागिएको छ । यसैगरी सहायक लेखा अधिकृत १३ जना, सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनाका लागि समेत टेलिकममा जागिरको अवसर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट