चुनाव जित्ने निश्चित छ, हामी ओलीकै नेतृत्वमा फेरी सरकारमा जाने हो- योगेश भट्टराई-Sutra News

चुनाव जित्ने निश्चित छ, हामी ओलीकै नेतृत्वमा फेरी सरकारमा जाने हो- योगेश भट्टराई

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने बताउनुभएको छ ।



रिपोटर्स क्लबले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगतै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले पुन सरकारमा कमव्याक हुने बताएका हुन् ।

अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने उहाले दावी गरे । उनले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिनेपनि विश्वास दिलाए । सहमतिमार्फत नेतृत्व चयन हुने भन्दै उनले े सहमति नभए हरेक व्यक्तिले आफूले चाहेको पदमा उठ्न पाउने  धारणा राखे । भट्टराईले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गरे । उहाले ५ लाखभन्दा बढि जनसमूदायको उपस्थितिमा महाधिवेशन गरिने धारणा पनि राख्नुभयो ।

उनले एमाले सरकारबाट प्रतिपक्षमा पुगेको अवस्था र माधव नेपालले पार्टी विभाजन गरेको अवस्थालाई भने पार्टीको चूनौतिको रुपमा लिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट