नेपालले भारतमा हुने फोर नेसन्स प्रतियोगिता खेल्ने, कुन-कुन देश सहभागी छन् ?-Sutra News

नेपालले भारतमा हुने फोर नेसन्स प्रतियोगिता खेल्ने, कुन-कुन देश सहभागी छन् ?

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयोजना हुने ‘फोर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट’ खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको हो ।



प्रतियोगिता २३ मंसिरदेखि ६ पुससम्म ( ९-२१ डिसेम्बरसम्म) हुनेछ । यसबारे थप जानकारी भने गराइएको छैन । नेपालले पछिल्लो पटक एसियन कप छनोट खेलेको थियो । तर नेपाल दोस्रो चरणमा स्थान बनाउन असफल भयो ।

एसियन कप आयोजना गर्न लागेको भारतले त्यसअघि तयारीस्वरूप ‘फोर नेसन्स वुमन्स फुटबल’ प्रतियोगिता गराउन लागेको हो । त्यसअघि भारतीय महिला टोलीले ब्राजिलमा हुने ‘फोर नेसन्स वुमन्स फुटबल’ मा सहभागिता जनाउनेछ । प्रतियाेगितामा ब्राजिल, चिली र भेनेजुयलाको सहभागिता रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट