चितवन पुगेर नेपालले भने- नेकपा एमाले इतिहासको विषय बन्दैछ-Sutra News

चितवन पुगेर नेपालले भने- नेकपा एमाले इतिहासको विषय बन्दैछ

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेको छन् ।  आज  चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गरेका हुन् ।



समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने, “राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ ।” अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको उनको भनाइ छ ।

एक फरक प्रसङ्गमा उनले सर्वोच्चमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताए । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उनले प्रधानमन्त्री राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छौं ।”

नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उनले बताए । उनले भने, “नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।” अहिले आफू पार्टी निर्माणमा लागि रहेको उल्लेख गर्दै उनले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट