सहायक विदेशमन्त्री लु लाई ओलीको ब्रिफिङ- एमसीसीको विषयमा देउवा र प्रचण्डले हामीसँग कुरै गरेनन्  -Sutra News

सहायक विदेशमन्त्री लु लाई ओलीको ब्रिफिङ- एमसीसीको विषयमा देउवा र प्रचण्डले हामीसँग कुरै गरेनन्  

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड ल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।



शुक्रबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दुईबीच भएको भेटमा एमसीसीको विषयमा कुराकानी भएको थियो ।

कुराकानीका क्रममा विदेशमन्त्री लुले एमसीसीबारे पार्टीले के गर्छ भनेर प्रश्न गरेका थिए । प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो पार्टीसँग सरकारले एमसीसीबारे कुनै ठोस कुराकानी नगरेको बताएका छन् ।

सहायक विदेशमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरिसकेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट