अदालत सुधार्न आफू तयार रहेको भन्दै प्रधानन्यायाधीशले बार अध्यक्षलाई पठाए यस्तो पत्र-Sutra News

अदालत सुधार्न आफू तयार रहेको भन्दै प्रधानन्यायाधीशले बार अध्यक्षलाई पठाए यस्तो पत्र

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई आफू वार्ता गर्न तयार रहेको भन्दै पत्र पठाएका छन् ।



शुक्रबार बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठले प्रधानन्यायाधीशले पठाएको पत्र प्राप्त गरेका हुन् ।

पत्रमा प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गरिएको बताइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अहिले सर्वोच्च परिसरमा दिनहुँ आन्दोलनका कार्यक्रमहरु प्रदर्शन भइराखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट