पूजा गर्दा गर्दै मूर्तिको हात भाँचिएपछि पुजारी रुँदै अस्पतालमा, डाक्टरले गरिदिए मल्हमपट्टी-Sutra News

पूजा गर्दा गर्दै मूर्तिको हात भाँचिएपछि पुजारी रुँदै अस्पतालमा, डाक्टरले गरिदिए मल्हमपट्टी

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

भारतको आगरामा एउटा अचम्मको घटना भएको छ । एक पुजारीले पूजा गर्दा गर्दै भगवान कृष्णको मूर्तिको हात भाँचिएपछि मूर्ति बोकेर पुजारी रुँदै अस्पताल दगुरे ।



हातमा मूर्ति बोकेर रुँदै अस्पताल आएको देखेर डाक्टर दंग परे । पुजारी निकै समय रोएको देखेर डाक्टरहरू मूर्तिलाई भर्ना गर्न तयार भए ।

आगराको शाहगंज क्षेत्रस्थित पथवारी मन्दिरमा पूजा गर्ने लेख सिंह नामका पुजारीले कृष्णको पूजा गर्ने क्रममा मूर्तिको हात भाँचिएको थियो । उनी यति धेरै भावुक भए कि भाँचिएको टुक्रा र मूर्ति बोकेर अस्पताल पुगे ।

उनले बिहान पूजा गर्ने क्रममा मूर्ति ढलेको र हातमा चोट लागेको देखेपछि नदुख्ने मल्हम समेत लगाइदिएका थिए । त्यसपछि बिहान ८ बजेसम्म आफ्नो काखमा लिएर बसे ।

अस्पताल खुल्नेबित्तिकै मूर्तिलाई लिएर कुँदे ।

डाक्टरहरूले मूर्तिको हातमा प्लास्टर लगाउनु नपर्ने बताएपछि उनी झन् बढी रुन शुरू गरे । यो देखेपछि डाक्टरहरूले मूर्तिलाई भर्ना गरेर मल्हमपट्टी गर्ने निर्णय लिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट