यस्तो छ आजको मौसम, यी ठाउँहरुमा वर्षा र हिमपात हुने-Sutra News

यस्तो छ आजको मौसम, यी ठाउँहरुमा वर्षा र हिमपात हुने

शनिबार, ४ मंसिर २०७८

शनिबार, ४ मंसिर २०७८

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।  विभागका अनुसार  हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।



हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा  आंशिक  बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर ०४ गते (शनिबार)

दिउँसो: देशका  सुदुरपश्चिम, कर्णाली, लुम्बिनी  र  गण्डकी प्रदेशका भू-भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखि सामान्य बदली रहने छ। सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ ।

राती: देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू  सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिक देखी सामान्य बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखी मध्यम हिमपातको सम्भावान रहेको छ ।

 २०७८ मंसिर ०५ गते (आईतबार) 

दिउँसो: देशका  पहाडी भु-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।

राती: देशका  पहाडी भु-भागमा  सामान्य बदली रही बाँकी भू-भागहरू आंशिक बदली रहने छ। कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ ।

२०७८ मंसिर ०६ गते (सोमबार) 

दिउँसोः देशका  पहाडी भु-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ।

रातीः देशका  पहाडी भु-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट