एमाले महोत्तरीका इन्चार्जले महाधिवेशन प्रतिनिधिमा आफूखुसी नाम पठाएको आरोप-Sutra News

एमाले महोत्तरीका इन्चार्जले महाधिवेशन प्रतिनिधिमा आफूखुसी नाम पठाएको आरोप

शनिबार, ४ मंसिर २०७८

शनिबार, ४ मंसिर २०७८

नेकपा एमाले महोत्तरीको महाअधिवेशन प्रतिनिधि चयन अझै निष्कर्षमा पुग्न सकेको छैन । अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षीहरूबीच विवाद लम्बिँदै गएको छ ।



यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनोट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ । तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको  छ । महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन् । चार वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नु पर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ

यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर महासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे । तर, एक पक्षीय ढंगले आफूखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ ।

महाअधिवेशन नजिकिँदै गर्दा महोत्तरीमा के गर्ने भन्ने अन्योल बढेको छ । इन्चार्ज माहासेठले यदि विवाद भएको भए पुनरावोलन गर्न सकिने पनि बताए । ‘हामी पार्टीको विधानअनुसार निर्वाचन आयोग गठन गरेर पनि अगाडि बढ्न सक्छौँ,’ उनले भने । नेकपा एमालेले २७ कातिकभित्र देश भरीबाट महाअधिवेशन प्रतिनिधि चयन गरिसक्न निर्देशन दिएको थियो ।

पूर्व माओवादी केन्द्रका नेता र एमालेबीच फाटोको स्थिति

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरी महोत्तरीको इन्चार्ज बनेका टेकबहादुर बलाम्पाकीको निर्णयप्रति एमालेका नेताहरूले आपत्ति जनाएका छन् । उनले एउटा होटेलमा बसेर ‘कोठे निर्णय’ गरेको र एमालेमा लामो समयसम्म योगदान गरेकाहरूलाई बेवास्ता गरेको बताउँदै आएका छन् ।

‘इन्चार्ज बलाम्पाकीले जबर्जस्ती नाम पठाउनु भएछ । त्यसमा हाम्रो पूर्ण असहमति छ,’ नेता सन्त परियारले भने । बलाम्पाकीले पार्टीमा गुठ उपगुठ बनाउन लागेको नेताहरूको आरोप छ ।

बलाम्पाकीले एकतर्फी निर्णय गरेर पठाएको नाममा पुनरावलोकन हुनु पर्ने महोत्तरीका नेताहरूले अडान छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट