गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा स्वकीय सचिव पराजित, पौडेल समूहको प्यानल विजयी-Sutra News

गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा स्वकीय सचिव पराजित, पौडेल समूहको प्यानल विजयी

शनिबार, ४ मंसिर २०७८

शनिबार, ४ मंसिर २०७८

काठमाडौँ । प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् ।



उनले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका थिए ।

उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार खड्कबहादुर महत नेतृत्वका अधिकांश उम्मेदवारले जित हासिल गर्दा देउवा समूहका दुई जना मात्र चयन भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ (क) मा महामान्त्री शशांक कोइराला निकट शिवकुमार यादव र ४ (ख) मा कोइराला निकट नै श्रीराम यादव नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट