अहिलेको ५ दलीय गठबन्धन होइन थप १० दल आए पनि एमालेलाई हल्लाउन सक्दैनन्- ओली-Sutra News

अहिलेको ५ दलीय गठबन्धन होइन थप १० दल आए पनि एमालेलाई हल्लाउन सक्दैनन्- ओली

शनिबार, ४ मंसिर २०७८

शनिबार, ४ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउन अरु १० दल आएपनि कुनै फरक नपर्ने बताएका छन् ।



एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिद्धाउन पाँच दलिय गठबन्धन बनेको भन्दै अन्य १० दल आएपनि कुनै फरक नपर्ने बताउनुभएको हो ।

उनले एमालेलाई कसैको बैशाखि टेकेर हिड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचन एमाले एक्लैले बहुमत ल्याउने दावी गरे । त्यस्तै उनले आगामी निर्वाचनमा सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने तर्क गरे । आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठवन्धन रहने कुरा गरिरहेको उनको भनाई छ । उनले संसदबाट प्रधानमन्त्री बन्नुपर्ने र हट्नुपर्ने भएपनि अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको तर्क गर्नुभयो ।

उनले एमाले नेतृत्वको सरकारले मुलुकमा बिकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको बताए । उनले अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरे ।

ओलीले अहिले एमाले सफा भएको भन्दै सदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट