आजको मौसम- यी ठाउँहरुमा वर्षा र हिमपात हुने, सतर्क रहन आग्रह-Sutra News

आजको मौसम- यी ठाउँहरुमा वर्षा र हिमपात हुने, सतर्क रहन आग्रह

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।



२०७८ मंसिर ०५ गते (आईतबार)

दिउँसो: देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ।प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशका  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ मंसिर ०६ गते (सोमबार)

दिउँसो: प्रदेश १ को  पहाडी भू-भागहरुमा  आँशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १ को  पहाडी भू-भागहरुमा  आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ मंसिर ०७ गते (मंगलबार)

दिउँसो: प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट