काँग्रेस अधिवेशन : काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन-Sutra News

काँग्रेस अधिवेशन : काभ्रेको चार प्रदेश क्षेत्रमा नेतृत्व चयन

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन क्षेत्रमा मतदान भएको थियो भने एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । शुक्रबार सुरु भएको तीन क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएका थिए ।



प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा सर्वसम्मत नेतृत्व चयन भएको हो । निर्विरोध निर्वाचित हुनेमा सभापति रामबहादुर योञ्जन, उपसभापति चन्द्रलाल दोङ र रणबहादुर तामाङ, सचिवमा दावा फेन्च लामा र रामशरण चौलागाईँ छन् । सहसचिवमा भने गोकुलप्रसाद भुर्तेल र वसन्तकुमार तामाङलगायत सदस्यहरू क्षेत्रीय समितिमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’को सभापतिमा चन्द्रबहादुर लामा, उपसभापतिमा केशव बञ्जारा र सुदर्शन अधिकारी निर्वाचित हुनुभएको हो । सचिवमा अनिश बल र रुपक महत तथा सहसचिवमा विनोद तिवारी र रामबहादुर घ्यावालगायत सदस्य विजयी भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट