अविरल वर्षापछि बाढीपहिरो- १७ जनाको मृत्यु दर्जन बढी बेपत्ता-Sutra News

अविरल वर्षापछि बाढीपहिरो- १७ जनाको मृत्यु दर्जन बढी बेपत्ता

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

भारतको आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीमा परेर १७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै दर्जन भन्दा बढी बेपत्ता भएका छन् ।



लगातारको भएको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्धार कार्य जारी रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएक छन् ।

बाढीका कारण तिरुपति सहरमा हजारौँ तीर्थयात्री फसेका छन् । तिरूपती पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयौँ तीर्थयात्री अलपत्र परेका छन् ।

पीडितहरुको उद्दार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट