कानून व्यवसायीद्वारा गृहमन्त्री खाँणको राजीनामा माग-Sutra News

कानून व्यवसायीद्वारा गृहमन्त्री खाँणको राजीनामा माग

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

काठमाडौँ । कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलन जारी राखेका कानून व्यवसायीहरुले उनको राजीनामा माग गरेका हुन् ।



सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरेको तथा शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप बढेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

पछिल्लो समय न्यायालयमा बढ्दै गएको छ । केही दिन अगाडी प्रहरीको हस्तक्षेपबाट नेपाल बारका अध्यक्षसहित दर्जन भन्दा बढी वकिलहरू घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट