मोटोरोलाका ६ नयाँ स्मार्टफोन एकसाथ सार्वजनिक, मूल्य २६ देखि ६० हजारसम्म-Sutra News

मोटोरोलाका ६ नयाँ स्मार्टफोन एकसाथ सार्वजनिक, मूल्य २६ देखि ६० हजारसम्म

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

मोटोरोलाले एकसाथ पाँच नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम डिजाइनका साथ मोटो जी २००, मोटो जी ७१, मोटो जी ५१, मोटो जी ४१ र मोटो जी ३१ स्मार्टफोन बजारमा ल्याएको हो ।



यी स्मार्टफोनमा गुणस्तरीय क्यामेरासँगै आकर्षक डिस्प्ले तथा शक्तिशाली प्रोसेसर दिइएको छ । यस बाहेक प्रयोगकर्तालाई मोटोरोलाका सबै नयाँ स्मार्टफोनमा फास्ट चार्जिङ सपोर्ट  गर्ने ५००० एमएएच क्षमताको ब्याट्री समेत दिइएको छ ।

मोटो जी २००

मोटो जी २०० स्मार्टफोनको मूल्य ४४९ युरो अर्थात करिब ६० हजार तीन सय रुपैयाँ  राखिएको छ । यो डिभाइस ग्लेसियर ग्रिन र स्टिलर ब्लु कलर अप्सनमा उपलब्ध रहेको छ ।

स्पेसिफिकेसनको कुरा गर्ने हो भने मोटो जी २०० मा ६.८ आईपीएस एलसीडी डिस्प्ले दिइएको छ । जसको रिफ्रेश रेट १४४ हर्ज रहेको छ । यसको डिस्प्लेले एचडीआर१० तथा डीसीआई-पी३ कलर गेमुट समेत सपोर्ट  गर्दछ ।

यसमा क्वालकमको स्न्यापड्रागन ८८८ प्लस प्रोसेसर, ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टरनल स्टोरेज दिइएको छ । यस बाहेक मोटो जी २०० स्मार्टफोनको पछाडि भागमा १०८ मेगापिक्सेलको प्राइमरी क्यामेरा सेन्सर, ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल सेन्सर र दुई मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।

जब कि फोनको अगाडि भागमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यो स्मार्टफोनले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ ।

मोटो जी ७१

मोटो जी ७१ को मूल्य २९९ युरो अर्थात करिब ४० हजार दुई सय रुपैयाँ रहेको छ । यो स्मार्टफोन नेपालमा समेत आउनसक्ने अपेक्षा गरिएको छ । मोटो जी ७१ स्मार्टफोन एन्ड्रोइड ११ मा रन हुन्छ । यसमा ६.४ इन्चको फुल एचडी प्लस डिस्प्ले दिइएको छ ।

जसको रेजोलुसन १०८ बाई २४०० तथा रिफ्रेश रेट ६० हर्ज रहेको छ । साथै यसमा स्न्यापड्रागन ६९५ चिपेसेट राखिएको छ । यसबाहेक स्मार्टफोनमा ५० मेगापिक्सेलको मेन क्यामेरा सहित पछाडि भागमा तीन ओटा क्यामेराको सेटअप छ ।

सेल्फीका लागि यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । ५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो स्मार्टफोनमा समेत ३० वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ ।

मोटो ५१

एन्ड्रोइड ११ मा चल्ने मोटो ५१मा ६.८ इन्चको फुल एचडी प्लस डिस्ले रहेको छ । साथै यसमा  १२० हर्ज रिफ्रेश रेट तथा १०८० बाई २४०० पिक्सेल रेजोलुसन दिइएको छ । यो फोनमा स्न्यापड्रागन ४८० प्रो प्रोसेसर, चार जीबी र्‍याम तथा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

यसबाहेक फोनमा १० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । क्यामेराको कुरा गर्ने हो भने मोटो जी ५१ मा ५० मेगापिक्सेलको मेन क्यामेरा सहित पछाडि भागमा तीन ओटा क्यामेरा दिइएका छन् । यसको मूल्य २२९ युरो अर्थात करिब ३० हजार आठ सय रुपैयाँ राखिएको छ ।

मोटो जी ४१

मोटो जी ४१ को मूल्य २४९ युरो अर्थात करिब ३३ हजार ५०० रुपैयाँ राखिएको छ । यो मोबाइल समेत एन्ड्रोइड ११ मा आधारित हो । यसमा ६.४ इन्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले दिइएको छ । जसको आस्पेक्ट रेसयो २०ः९ रहेको छ ।

यसमा मिडियाटेक हेलियो जी ८५ प्रोसेसर र ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यस बाहेक यो स्मार्टफोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरा सहित ट्रिपल रेयर क्यामेरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।

मोटो जी ३१

कम्पनीले मोटो जी ३१ स्मार्टफोनको मूल्य १९९ युरो अर्थात करिब २६ हजार सात सय रुपैयाँ राखेको छ । यो स्मार्टफोनमा समेत एन्ड्रोइड ११ रहेको छ । यसमा ६.४ इन्चको फुल एचडी प्लस स्क्रिन दिइएको छ ।

जसको रेजोलुसन १०८० बाई २४०० पिक्सेल रहेको छ । मिडियाटेक हेलियो जी ८५ प्रोसेसर राखिएको यो स्मार्टफोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

चार जीबी र्‍याम रहेको मोटो जी ३१ मा ५० मेगापिक्सेलको मेन क्यामेरा सहित ट्रिपल क्यामेरा सेटअप रहेको छ भने सेल्फीका लागि १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट