विप्लव र नारायणकाजीबीच भेटवार्ता: पार्टी एकता गर्ने विषयमा छलफल-Sutra News

विप्लव र नारायणकाजीबीच भेटवार्ता: पार्टी एकता गर्ने विषयमा छलफल

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । उनीहरुबीच भएको भेटवार्तामा दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।



आइतबार बिहान श्रेष्ठनिवास हात्तीवनमा साढे ९ बजे विप्लव र श्रेष्ठबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच पार्टी एकता गर्न दुवै पक्ष सकारात्मक भएको बताइएको छ ।

भेटमा विप्लवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार रहंदा आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा सहमति गरेको तर कार्यन्वयन नगरेको गुनासो पोखेका थिए ।

त्यस्तै हिजो माओवादी र विप्लव नेतृत्वको नेकपाबीच सहकार्य गर्ने विषयमा प्रचण्ड, प्रवक्ता कृष्णबहादुर महरा र विप्लवबीच शनिबार खुमलटारमा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट