काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
नेता रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
एमालेका अन्य नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा चयन गर्नुपर्ने भन्दै आएको बेलामा रावलले उम्मेदवारी दिने भएका हुन् । उनले एउटा ठुलो टिम बने बनाएर ओलीविरुद्ध चुनाव लड्ने गरी तयारी गरेका छन् ।
पछिल्लो समय भीम रावल पार्टीभित्र विद्रोह गर्ने सुरका साथ अगाडी बढेका छन् । एमाले विभाजन हुनुभन्दा अगाडी माधव नेपालको पक्षमा लागेका रावल फुटपछि एकता भन्दै फेरी ओलीकै पार्टीमा लागेका थिए ।