आफ्नो पार्टीको थप एकजनालाई मन्त्री बनाउने माधव नेपालको इच्छा-Sutra News

आफ्नो पार्टीको थप एकजनालाई मन्त्री बनाउने माधव नेपालको इच्छा

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बिषयमा सरकार गम्भीर बन्न नसके सत्ताधारी पार्टीले नै ध्यानाकर्षण गराउने बताएका छन् ।



पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै सत्तारुढ दल निकट बिद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै अध्यक्ष नेपालले जनतालाई नै समस्या हुने गरि भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सरकारको ध्यानाकर्षण गराउने बताएका हुन् । उनले प्रधानमन्त्रीको कार्यव्यस्तताले यस बिषयमा ध्यान नपुगेको हुन सक्ने जिकिर गरे ।

त्यस्तै नेपालले आपूर्ति मन्त्रालयमा मन्त्री नभएका कारण पनि समस्या भएको उल्लेख गर्दै मन्त्रीको नाम दिन आफ्नो पार्टी तयार रहेको धारणा राखे । पाइपलाइन जोडिसकेपछि पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको बिषयमा सम्बन्धीत निकायसंग बुझ्ने उहाले आश्वासन दिए ।

बिद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट