पार्टी कार्यालयमा ठाउँ नपाएर रिपोर्टस क्लबमा आएर उम्मेदवारी घोषणा गरे- भीम रावल-Sutra News

पार्टी कार्यालयमा ठाउँ नपाएर रिपोर्टस क्लबमा आएर उम्मेदवारी घोषणा गरे- भीम रावल

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८
bhim rawal

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले आगामी महाधिवेशनमा अध्यक्ष पदमा  उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार काठमाडौँमा  पत्रकार सम्मेलन गर्दै उनले आफू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।



उनले महाधिवेशनका कारण थापाथलीमा रहेको पार्टी कार्यालय व्यस्तता रहेको र कुनै पनि कक्ष खाली नभएका कारण आफूले रिपोर्टस क्लबमा गएर उम्मेदवारी घोषणा  गरेको बताएका छन् ।  कार्यक्रमा बोल्दै उनले भने, ‘महाधिवेशनका कारण पार्टी कार्यालयमा कुनै पनि कक्ष खाली नभएका कारण मैले रिपोर्टस क्लबमा आएर घोषणा गरेको छु । ‘

पार्टीलाई सुदढ र प्रभावकारी तुल्याउने, प्रतिस्पर्धाका सबै मोर्चाहरुमा पार्टीलाई सफल र विजयी बनाउने तथा राष्ट्रिय राजनीतिको प्रमुख चालकको रुपमा अगाडि बढाउने दृढ अठोट लिएको रावलले उल्लेख गरेका छन् ।

‘मैले  विजय र पराजयको अर्थमा भन्दा आफ्ना धारणा र मान्यतालाई महत्व दिएको छु तथा कुनै व्यक्ति विशेष प्रति कुनै आग्रह राखेको छैन । पार्टी एकताका लागि १०–बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई  परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन । कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन । यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेको छु,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट