मेरो कुनै प्यानल छैन, ओलीविरुद्ध एक्लै लड्ने हो- भीम रावल-Sutra News

मेरो कुनै प्यानल छैन, ओलीविरुद्ध एक्लै लड्ने हो- भीम रावल

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।



रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा सहयोग र समर्थनका लागि आह्वान गरेका छन् । ‘अध्यक्षको पदमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी पार्टीलाई नयाँ चरणको प्रगति र सशक्त भूमिकामा अघि बढाउन तथा नेपाल  नेपाली जनताको आकांक्षा, प्रगति र परिवर्तनको नेतृत्व गर्ने अवसर दिनहुन सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।

त्यस्तै उनले महाधिवेशनका लागि आफ्नो कुनै पनि प्यानल नभएको स्पष्ट पारे । पत्रकारहरुसंग कुरा गर्दै  उनले भने, ‘मेरो कुनै प्यानल छैन एक्लै लड्ने हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट