गायिका प्रविशा अधिकारीले  कसिन् आईटी इन्जिनियरसँग लगनगाँठो-Sutra News

गायिका प्रविशा अधिकारीले  कसिन् आईटी इन्जिनियरसँग लगनगाँठो

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

काठमाडौँ । गायिका प्रविशा अधिकारी वैवाहिक जीवनमा बाँधीएकी छन् । उनले  इन्जिनियर निर्माण सिटौलासँग विवाह गरेकी हुन् । प्रविशा र निर्माणको विवाह आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा भएको थियो ।



वैवाहिक समारोहमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको थियो ।

उनी ‘द भ्वाइस किड्स’की कोचसमेत हुन् ।

गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट