भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि बाँस्कोटाले भने- मलाई पनि उम्मेदवारी घोषणा गर्न मन लाग्यो-Sutra News

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि बाँस्कोटाले भने- मलाई पनि उम्मेदवारी घोषणा गर्न मन लाग्यो

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि आफूले पनि गर्नुपने बताएका छन् ।



उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि उनले ठट्टा पारामा ट्वीट गर्दै आफूले पनि उम्मेदवारी दिने कुरा बताएका हुन् ।

सामाजीक संजालमा उनले लेखेका छन्, ‘धैरै कमरेडहरु भटाभट उम्मेदवारी घोषणा गर्दै पो रेछन त ! जे त होला म पनि गर्दिम कि जस्तो लाग्न थाल्यो बा !’

भीम रावलले हिजो एक पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

उनको यो घोषणासंगै अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्ष हुने योजनामा धक्का लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट