ओलीलाई संकट: आफैंले गरेको निर्णय आँफैलाइ घाँडो, पदाधिकारीको उम्मेदवारी बढ्दै गएपछि यस्तोसम्म हुँदैछ तयारी-Sutra News

ओलीलाई संकट: आफैंले गरेको निर्णय आँफैलाइ घाँडो, पदाधिकारीको उम्मेदवारी बढ्दै गएपछि यस्तोसम्म हुँदैछ तयारी

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको १० औं महाधिवेशनमा पदाधिकारीको आकांक्षी बढ्दै गएपछि त्यसको व्यवस्थापन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सकस देखिएको छ ।



महाधिवेशन आउन अब ५ दिन बाँकी रहंदा महाधिवेशनको पूर्वसन्ध्यामा उम्मेदवारी घोषणा तथा नेताहरुको आकांक्षीका कारण ओली थप तनावमा रहेका हुन् ।

गत असोजमा काठमाडौँको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारी निर्धारण गरेपछि एमालेभित्र धेरै नेताहरूको व्यवस्थापन गर्न असहज बन्दै गएको नेताहरुले बताउँदै आएका छन् ।

एमालेमा पूर्वमाओवादी नेताहरुले पनि राम्रै पदका लागि इच्छा देखाएका छन् । यसकारण पनि पदाधिकारी व्यवस्थापनमा समस्या देखिएको छ ।

पदाधिकारी व्यवस्थापन गर्नमा समस्या देखिएपछि अब विधान नै संसोधन गरेर अगाडी बढ्ने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

त्यस्तै एमालेमा वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, उपमहासचिव एक गरी तीन पद थप गर्ने विषयमा नेताहरूबीच छलफल सुरु पनि भएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट