पोखराको फेवाताल किनारका ६ रेस्टुरेन्ट आगलागीमा, करोडौंको क्षति-Sutra News

पोखराको फेवाताल किनारका ६ रेस्टुरेन्ट आगलागीमा, करोडौंको क्षति

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

पोखराको फेवाताल किनाराका केही रेस्टुरेन्टमा आगलागी हुँदा करोडौंको भौतिक क्षति भएको छ । स्थानीयका अनुसार सोमवार बिहान तीन बजेतिर ताल किनारका पहारीघात भल्छो पुवा क्षेत्रमा रहेको एउटा रेस्टुरेन्टमा आगो लागेको थियो ।



समयमै नियन्त्रण नहुँदा उक्त आगो फैलिएर अन्य ६ वटा रेस्टुरेन्टमा पुग्यो । आगो ग्यास सिलिन्डर पड्किएका कारण लागेको स्थानीयले जनाएका छन् ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । तर ६ वटा रेस्टुरेन्ट जल्दा करोडौंको क्षति भएको बताइएको छ ।

आगो निभाउन बिहानैदेखि स्थानीय, प्रहरी र सेना जुटेका थिए । यो समाचार तयार पार्दासम्म आगो भने पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ ।

आगो निभाउन दमकलसमेत समयमा पुग्न सकेको थिएन । दमकल जाने बाटो नभएकाले टाढैबाट पानीको फोहोरा फ्याँकिएको थियो ।

आगलागीबाट भएको क्षतिको यकीन विवरण भने आउन अझै बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट