सचिव पदमा उम्मेदवारी दिने तयारीमा महेश बस्नेत-Sutra News

सचिव पदमा उम्मेदवारी दिने तयारीमा महेश बस्नेत

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आगामी १० औं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।



पत्रकारसंग कुरा गर्दै उनले आगामी महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने बताएका हुन् ।

पार्टीलाई राम्रो दिशातर्फ अगाडी बढाउनका लागि उम्मेदवारी दिन लागेको बस्नेतको तर्क छ ।

उनी एमालेनिकट युवा संघको अध्यक्ष पनि हुन् । पार्टीलाई रक्षा गर्नका लागि आफूले एउटा फोर्स बनेर सोहीअनुसार कामहरु गर्दै आएको  उनको दाबी छ ।

बस्नेत ओलीनिकट नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट