एमाले महाधिवेशन- रावलपछि उम्मेदवारी दिने तयारीमा घनश्याम भुसाल-Sutra News

एमाले महाधिवेशन- रावलपछि उम्मेदवारी दिने तयारीमा घनश्याम भुसाल

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आगामी महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।  उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसंगै भुसालले पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् ।



स्रोतका अनुसार उनले उम्मेदवारी घोषणा गर्न आफूनिकट नेताहरुसंग छलफल गरिरहेका छन् ।

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिइसकेका कारण नेता भुसालले अध्यक्षबाहेक अर्को कुनै पदमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।

नेता भुसाल पनि विद्रोह  गर्ने नेता हुन् । एमाले विभाजन हुनुपूर्व माधव नेपाललाई साथ दिएका भुसाल एमालेको विभाजनपछि पार्टी एकता भन्दै ओलीकै पक्षमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट