काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।
हङकङको जितमा मारिको हिलले सर्वाधिक ४२ रन बनाइन् । त्यस्तै, क्यारी चन १७ र नताशा मिलेसले १६ रन जोडिन् । नेपालकी कविता कुँवर, सीता रानामगर र सबनम राईले समान एक विकेट लिएका थिए ।