एलआईसी नेपालको बोनस दर सार्वजनिक, अधिकतम ७० रुपैंयाँसम्म पाइने-Sutra News

एलआईसी नेपालको बोनस दर सार्वजनिक, अधिकतम ७० रुपैंयाँसम्म पाइने

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल)ले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्किय प्रतिवेदनलाई बीमा समितिले स्विकृत प्रदान गरेपछि बोनस दर प्रतिहजार न्युनतम ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।



आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले बीमितलाई न्यूनतम प्रतिहजार ६६ रुपैयाँ र अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिएको थियो ।

जीवन बिद्या (३५२), जीवन साथी (३५७) सावधिक (३३३) बीमालेखमा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन आनन्द (३४२) बीमा योजना कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।

बाल सावाधिक (३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । धन बृष्टि (३५८) बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ । धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) बीमा योजनामा कम्पनीले १५ वर्षे बीमा अवधिमा प्रतिहजार ५६ रुपैयाँ, २० वर्षे बीमा अवधि योजनामा ५७ रुपैयाँ र २५ वर्षे बीमा अवधिमा ६० रुपैयाँ बोनस दर दिने सूचना निकालेको छ ।

स्नेह (३४१) बीमा योजना कम्पनीले न्यूनतम ५७ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दर दिने भएको छ । जीवन तरग(३४५) बीमा योजनामा कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६७ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

यस्तै कम्पनीले जीवन बचत(३५९) बीमा योजना कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

यस्तो छ नयाँ बोनस दर तालिका

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट