प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको मंसिर ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुलाई वितरण गरिनेछ ।