ओली- रावल दुरी बढ्यो: रावलले भेटौं भन्दा ओलीले भने ‘पर्दैन’  -Sutra News

ओली- रावल दुरी बढ्यो: रावलले भेटौं भन्दा ओलीले भने ‘पर्दैन’  

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवशेनका बिषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुची नदेखाएको गुनासो गर्नुभएको छ ।



सोमबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले उपाध्यक्षको हैसियतले आफुले १० औं महाधिवेशनको प्रक्रियामा बिषयका अध्यक्ष केपी ओली र स्थायी कमिटी बैठकमा छलफल गर्न चाहेपनि रुची नदेखाएको गुनासो गरेका हुन् ।

यसअघि महाधिवेशनको एक दुई महिना अघि नै उम्मेद्वारका बिषयमा छलफल हुने भएपनि यसपटक त्यसो हुन नसकेकाले लक्ष्य र उदेश्य स्पष्ट पारेर अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको उनले बताए ।

उनले राष्ट्र र एमालेलाई बलियो बनाउदै आगामी चूनावमा बिजयी गराउन आफ्नो भूमिका हुने जिकिर गरे ।

यसपटक पार्टीले नै समूहगत रुपमा उम्मेद्वारी नदिने निर्णय गरेकाले आफुले एक्लै उम्मेद्वारी दिएको भन्दै रावलले पार्टी रुपान्तरणमा लाग्ने सवैले साथ दिने दावी गरे ।

एमालेको स्थायी कमिटी बैठकका लागी रावल लगाएतका नेताहरु तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका थिए तर एमाले अध्यक्ष केपी ओली बिरामी भएका कारण बैठक मंगलबारसम्मका लागि स्थगीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट