थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु-Sutra News

थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

नेपालमा सोमबार थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



देशभर गरिएको ९ हजार ९ सय २१ पिसिआर परिक्षणका क्रममा ३ सय ६७ जना र २ हजार ७ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १४ हजार ७ सय १८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ५८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ सय १७ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ६९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट