सरकारले भन्यो- मारुती सिमेन्ट प्रयोग नगर्नु-Sutra News

सरकारले भन्यो- मारुती सिमेन्ट प्रयोग नगर्नु

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८

काठमाडौँ ।सरकारले मारुती सिमेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा त्रुटी देखिएपछि सो निर्देशन दिएको हो ।



अनुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेसँगै मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न भन्नुअघि नै गुणस्तर तथा नापतौल विभागले बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन भनिसकेको छ ।

विभागले नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने बताइएको छ ।

त्यस्तै विभागले स्पष्टिकरणसमेत सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट