सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्ला भएको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै गोलाप्रथाबाट पेशी तोक्ने बाटो खुल्ला भएको हो ।
न्यायाधीशहरु लामो समयदेखि गोलाप्रथाबाट पेशी तोक्नुपर्ने मागमा आन्दोलित थिए । सर्वोच्च अदालतमा चलिरहेको आन्दोलनका बीच न्यायाधीशहरु पूर्णं बैठकले नियमावली संशोधन गरेको थियो ।