आज र भोलि यी ठाउँहरुमा वर्षा र हिमपात, सतर्क रहन विभागको आग्रह-Sutra News

आज र भोलि यी ठाउँहरुमा वर्षा र हिमपात, सतर्क रहन विभागको आग्रह

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।



हाल देशका पहाडी भू-भागहरुमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर ०७ गते (मंगलबार) 

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ०८ गते (बुधबार) 

दिउँसो : प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ मंसिर ०९ गते (बिहिबार) 

दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली र लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको  पहाडी भू-भागहरुमा  आँशिक देखी सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भु-भागहरुका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहनुको सा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट