चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा-Sutra News

चितवनबाटै चुनाव लड्ने प्रचण्डको घोषणा

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आमनिर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् ।



भरतपुर महानगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै आफ्नो उम्मेदवारी रहने दोहोर्याएका हुन् ।

उनले भरतपुर महानगरपालिकाको विकासलाई अझ माथि पुर्याउन आफू चितवनबाटै लड्ने दाबी गरेका चुन । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उनको भनाइ थियो ।

प्रचण्डले आफूलाई निशाना बनाएर नै चितवनमा एमालेले महाधिवेशन गर्न लागेको आरोपसमेत लगाएका छन् । एमालेले यही मङ्सिर १० देखि १२ सम्म चितवनमा दशौँ महाधिवेशन आयोजना गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट