सुनको मूल्य स्वाट्टै घट्यो, प्रतितोला ९२ हजार ३ सय-Sutra News

सुनको मूल्य स्वाट्टै घट्यो, प्रतितोला ९२ हजार ३ सय

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८
sun

केहि दिनदेखि मूल्य बढ्दै आएको सुनमा आज मंगलबार भारी गिरावट आएको छ । सोमबार तोलाको ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ३ सयमा आईपुगेको छ ।



तेजाबी सुनको भाउ पनि आज तोलामा १६ सयले नै घटेर ९१ हजार ८ सयमा झरेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट