बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित-Sutra News

बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

बाक्लो हुस्सुका कारण आन्तरिक हवाइ उडानहरु प्रभावित भएका छन् । देशका विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको हवाइ उडान आज बिहानैबाट प्रभावित भएको हो ।



हुस्सुका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित समयका उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ । कम भिजिविलिटीका कारण उडान गर्न नसकिएको र मौसम सुधार हुनेवित्तिकै सेवा सूचारु हुने हवाइ कम्पनीहरुले जनाएका छन् ।

बुद्ध एयरले पनि यी गन्तव्यको उडान सुरु हुन नसकेको जानकारी यात्रुहरुलाई गराएको छ । प्रतिकूल मौसम र कम भिजिविलिटीका कारण कतिपय विमानस्थल ढिला खुलेको र कतिपय अझै नखुलेको भन्दै कम्पनीले यसले उडान प्रभावित भएको जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार अन्य विमानस्थलमा भने उडान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट