महाधिवेशन प्रतिनिधिमा नै थला परे कांग्रेसका मुख्यसचिव पौडेल-Sutra News

महाधिवेशन प्रतिनिधिमा नै थला परे कांग्रेसका मुख्यसचिव पौडेल

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा नै थला परेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका उनी पराजित भएका हुन् ।



स्याङजाबाट कांग्रेस राजनीतिमा सक्रिय भूमिका खेल्दै आएका पौडेलले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।

उनले यसपालि नै काठमाडौंमा सदस्यता स्थानान्तरण गरेका थिए । उनले जम्मा ८३ मत ल्याए । उनको पराजयले महाधिवेशन प्रतिनिधि बन्ने बाटो बन्द भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेस नेता प्रकाशमान सिंहनिकट अधिकांशले जितेका छन् । केही महाधिवेशन प्रतिनिधि भने केन्द्रीय सदस्य प्रदीप पौडेलनिकटले पनि जितेका छन्।

क्षेत्रीय सभापति भने मुकुन्द रिजाल निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मनोहरि तिवारीले जम्मा ५० मत ल्याएका थिए भने रिजालले २०४ मत ल्याएका थिए।

यस्तै नेविसंघ पूर्वमहामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । उनले जम्मा ३६ मत ल्याएका थिए ।

नेविसंघ पूर्वकेन्द्रीय सदस्य सुशील भट्ट पनि यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि जितेका छन् । भट्टले १५१ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट