सुवास नेम्वाङको बरिष्ठ उपाध्यक्षमा दावी, सर्वसम्मतको प्रयास जारी-Sutra News

सुवास नेम्वाङको बरिष्ठ उपाध्यक्षमा दावी, सर्वसम्मतको प्रयास जारी

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

 



नेकपा एमालेको आसन्न १० औ महाधिवेशनमा स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् । चितवनमा हुने महाधिवेशनमा नेम्वाङले सर्वसम्मत वरिष्ठ उपाध्यक्षका लागि पहल गर्ने नभए उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै नेम्वाङले यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए । उनले सुत्रन्युजसँग भने– ‘सर्वसम्मत रुपमा अगाडी बढ्ने मेरो जोड छ, तर सर्वसम्मत नहुने अबस्थामा साथीहरुसँग सल्लाह गरेर उम्मेदवारी दिनुपर्ने हुन्छ ।’

नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन थुप्रै नेता कार्यकर्ताबाट सुझाव आएको बताए । गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो ।

महासचिव ईश्वर पोखरेलले पनि बरिष्ठ उपाध्यक्षमा दावी गरिरहेका छन् भने माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापाले पनि बरिष्ठ उपाध्यक्षमा दावी गरेका छन् । उनिहरुलाई व्यवस्थापन नगरी एमालेमा नेम्वाङले सर्वसम्मत बरिष्ठ पाउन गाह्रो रहेको एमालेकै नेताहरु बताउँछन् ।

यदी पोखरेल र थापाले बरिष्ठमा दावी छोडेनन् भने निर्वाचनको विकल्प नभएको स्वयम् नेम्वाङले नै स्विकार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट