मेगा बैंकको ११ औं वार्षिक साधारण सभा मंसिर २८ गते-Sutra News

मेगा बैंकको ११ औं वार्षिक साधारण सभा मंसिर २८ गते

मंगलबार, ७ मंसिर २०७८

मंगलबार, ७ मंसिर २०७८

मेगा बैंकको ११ औं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।



साधारण सभामार्फत बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यस्तै, साधारण सभाले गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण माथि छलफल र अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।

साथै साधारण सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर १४ गते एक दिनकका लागि बुक क्लोज गर्ने भएकाले मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट